धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकद्वारा चाँदीको सिक्का बिक्री शुरु

डिसी नेपाल
१२ कार्तिक २०८१ १३:३७
60
Shares

काठमाडाैं। धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ। बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए।

सुनको असर्फी भने मंगलबार एकदिनमात्रै बिक्री गरिने उनले बताए। बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको पोखरेलले बताए।

सुनको असर्फी नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने उनले जानकारी दिए। बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का बिक्रीबितरण गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *