नेप्से २७ अंकले बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं। सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ। आज नेप्से २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ।
आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भएको थियो।
आज जानकी फाइनान्स र डोल्टी पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज सबैभन्दा बढी पिपुल्स हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ६.०२ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबैभन्दा बढी नेशनल फाइनान्सको ३३ करोड ७९ लाख ८८ हजार बराबरको कारोबार भएको छ भने बरुण हाइड्रोको सबै भन्दा बढी ३ लाख ९५ हजार २८४ कित्ता शेयर कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment