प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। सोमबार बस्नुपर्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्थताको कारण आजका लागि सारिएको थियो। बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।
मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने स्रोतले जनाएको छ।
प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए।
आजको बैठकले कुलमानलाई प्राधिकरणबाट मन्त्रालयमा तान्न सक्ने स्रोतको भनाइ छ। कुलमानलाई प्राधिकरणबाट हटाउन सत्तारुढ दल नेपाली कांग्रेसले पनि सहमति दिएको स्रोतले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment