एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा रेग्मीको चर्चा

डिसी नेपाल
३० साउन २०७६ १५:४९

साेल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए /एनसीसी) दक्षिण कोरियाको आगामी महाधिवेशन नजिकिंदै गर्दा प्रथम वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका शिव ज्याकी रेग्मीको चर्चा चुलिएको छ।

लामो समयदेखि कोरियामा कार्यरत रेग्मीले सामाजिक कार्यमासमेत आफ्नो सकृयता रहँदै  आएकाले त्यही अनुभवका आधारमा एनआरएनए कोरियाको वरिष्ठ उपाध्यक्षमा पदमा रहि काम गर्न आफ्नो उम्मेदवारी दिएको बताएका छन्।

सिङ्गापुर र मलेसियामा अध्ययन गरेका रेग्मी थप प्राविधिक शिक्षा अन्तर्रगतको कम्प्युटर विषयकाे अध्ययनको लागि १९ वर्ष अगाडि दक्षिण कोरिया प्रवेश गरेका थिए । कोरियामा कम्प्युटर विषयको अध्ययन पूरागरेपछि उनी व्यवसायमा  संलग्न भएका थिए। रेग्मी कोरियामा नेपाली रेस्टुरेन्ट व्यवसायी हुन्। उनीसँग लामो समयसम्म कोरियन अध्यागमनमा पनि काम गरेको अनुभव छ।

रेग्मीले आफूले पदको मोहले बरिष्ठ उपाध्यक्ष पद रोजेको नभई  संस्थाको हितको लागि उम्मेदवारी दिएको बताएका छन् । उनले भने, ‘मैले केवल पदको लागि मात्र वरिष्ठ उपाध्यक्ष रोजेकाे होइन, कोरियावासी नेपालीको हित र संस्थालाई मजबुत बनाउन मेरो उम्मेदवारी हो।’

उम्मेदवारी घोषणासँगै रेग्मीले आफ्ना एजेण्डा पनि अघि सारेका छन् । दक्षिण कोरियामा कार्यरत नेपालीहरूको साझा समस्याहरू पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्ने, कोरियामा व्यवसाय गर्नै नेपाली व्यवसायीलाई सहयोग तथा प्रेरित गर्ने, कोरियामा एनआरएलाई थप बलियो बनाउने, प्रवासमा नेपालको भाषा र संस्कृतिप्रति रुचि जगाउन पहल गर्ने जस्ता कार्ययोजना उनले अघि सारेका छन्।

त्यस्तै विदेशमा नेपालीले कमाएको पैसालाई वैधानिक रुपमा स्वदेश पठाउने सरकारी योजनालाई काेरियामा प्रभावकारी ढङ्गले लागू गर्न पहल गर्नै, कोरियामा अध्यनरत नेपाली विद्यार्थीका समस्या समाधानमा जोड दिने, कोरियास्थित नेपाली राजदूतावासले गर्ने कामहरूको उच्च निगरानी राखेर दूतावासको सेवालाई चुस्त राख्न पहल गर्ने, नेपाली श्रमीकका परिवार सहज रुपमा कोरिया ल्याउनको लागि कोरियन अध्यागमनसँग समन्वय गर्ने, कोरियन सरकारलाई दवाव दिएर  नियम कार्यान्वयन गराउे र हेल्फ डेस्क स्थापना गर्नै जस्ता कार्ययोजना पनि आफ्नो प्राथामिकता रहेको उनले बताएका छन्।

‘चुनावी एजेण्डाका बुँदाहरू थुपारेरमात्र भन्दा पनि कोरियामा रहेका श्रमिकका समस्या तथा संस्थालाई सवल र सबैको साझा बनाउन बढी केन्द्रित हुनेछु ।’ उनले डिसी नेपालसँग भने– ‘यति भन्न सक्छु मैले आफ्नो पदमा रहेर न्यायोचित कार्यसम्पादन गर्दै सबै अट्न सक्ने मजदुरमैत्री एनआरएनए बनाउनेछु।’

एनआरएनलाई श्रमिक मैत्री बनाउनका लागि नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउँदै कोरियामा रहेका  नेपाली संघसस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने उनको प्रतिवद्धता छ।

आउने निर्वाचनमा एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीमा उभिएका छन् शिव ज्याकी रेग्मी। किनभने लामो समयको अनुभव र सामाजिक कार्यप्रतीको लगनशीलताले गर्दा उनको उम्मेवदारीलाई बलियो रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *