नेप्सेमा १४ अंकको गिरावट
काठमाडौं। बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ। आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ।
आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो।
आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको को शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ।
त्यस्तै आज सबैभन्दा सीइबीडी हाइड्रोको ३४ करोड १७ लाख ९७ हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकासको सबै भन्दा बढी ६ लाख ९७ हजार ९१६ कित्ता शेयर कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment