बलिवुड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को पहिलो दिन शानदार कमाई
काठमाडौं। बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ ले पहिलो दिन शानदार कमाई गरेका छन्। शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका हुन्।
बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार सिंघम अगेनले पहिलो दिन ४३ करोड ७० लाख कमाई गरेको छ भने भुल भुलैया–३ ले ३६ करोड ६० लाख कमाई गरेको छ।
त्यस्तै सिंघम अगेन अजय देवगनको क्यारियरमा रिलिजको पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ। उनको यसअघि रिलिज भएको सिंघम रिटर्नले पहिलो दिन ३२.०९ करोड कमाई गरेको थियो।
त्यसैगरी भुल भुलैया–३ कार्तिक आर्यनका फिल्मले रिलिजको पहिलो दिन गरेको यो अहिलेसम्मकै उच्च कमाई हो। यस अघि उनको भुल भुलैया–२ ले पहिलो दिन १४.११ करोड कमाई गरेको थियो।
सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया ३ अनिस बज्मीले निर्देशन गरेका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment