इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता

डिसी नेपाल
१७ कार्तिक २०८१ २१:११
212
Shares

तेहरान। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रविद्धता व्यक्त गरेका छन्।

खमेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थक विरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन्। तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हिजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन्।

गत सेप्टेम्बर–२३ मा इजरायलले द्वन्द्व बढाउनु अघि सन् २०२३ अक्टोबर –७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे। खमेनीले आफ्नो भाषणमा लडाँइमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताएका छन्।

अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य सम्पत्तिहरू तैनाथ गर्ने घोषणा गरेको छ। जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी– ५२ लडाँकु विमानहरू समावेश छन्। खमेनीले इरानले सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियाकलाप गरिरहेको बताएका छन्।

यसै गरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई निर्णायक जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *