पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि

डिसी नेपाल
१८ कार्तिक २०८१ १७:५६
152
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन्।

५३८/एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ। सर्वेक्षणमा कमला ह्यारिस ४८ प्रतिशत र ट्रम्प ४७ प्रतिशत रहेको छ।

कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि रहेको देखिएको छ।

राष्ट्रिय सर्वेक्षणहरूले देशभरि उम्मेदवार कति लोकप्रिय छन् भनेर मात्र जान्न सकिने र चुनावी नतिजाको भविष्यवाणीको रुपमा भने बुझ्न नहुने सर्वेक्षण गर्दा भनिएको छ।

अमेरिकामा एक इलेक्टोरल कलेज प्रणाली प्रयोग गरिन्छ, जसमा प्रत्येक राज्यलाई जनसंख्याको आधारमा निश्चित संख्यामा मत दिइन्छ। कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ। अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैं एउटै पार्टीको पक्षमा मतदान गर्छन्।

दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन्। यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ। अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन्। ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *