ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला २१ घटेको छ।
महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला दुई हजार ९० मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment