काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

डिसी नेपाल
२० कार्तिक २०८१ १४:११
16
Shares

काठमाडौं। बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ।

गत असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका-१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्‍याएको थियो।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाले संयुक्त रुपमा पुनःनिर्माण गरी सोमबार दिउँसो ४ः३० बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन्। काम सुरु गरेको १९ दिनमा सम्पन्न गरिएको निजी क्षेत्रका तर्फबाट पुनःनिर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले जानकारी दिए।

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका आयोजनाले विद्युत् उत्पादन सुरु गरेका छन्। प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा पुनःनिर्माण सुरु गरेका थिए। प्राधिकरणले प्रसारण लाइनका पाटपुर्जा लगायतका सामग्री उपलब्ध गराएको थियो।

निजी क्षेत्रका जलविद्युत् आयोजनाले श्रम लागतलगायतका खर्च बेहोरेको जनाएका छन्। यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन्। निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएको थियो।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमक खण्डको धोद्रेबेँसीमा ५०, ५१,५२ र ५३ नम्बर टावरलाई बाढीले क्षति पुर्‍याएको थियो। चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाईपूर्ण रुपमा क्षति पुर्‍याएको थियो। त्यहाँ नयाँ टावर बनाइएको हो। आंशिक क्षति पुगेका ५० र ५३ नम्बरका टावर मर्मत गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *