नेप्से परिसूचकमा झिनो अंककाे गिरावट

डिसी नेपाल
२० कार्तिक २०८१ १६:११
36
Shares

काठमाडौं। दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अंकले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अंकले ओरालो लागेर चार सय ७७ दशमलव ९९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य उकालो लाग्दा छ उपसमूहको भने ओरालो लागेको छ। कूल ९७ लाख १३ हजार सात सय ३० कित्ता शेयर रु चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ मा कारोबार भएको छ।

नेप्सेका अनुसार, सुपर माई हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९५, युनाइटेड मोदी हाइड्रोपावर नौ दशमलव ५१, गुराँस लघुवित्त नौ दशमलव ३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७५ प्रतिशतले कमाएका छन्।

त्यसैगरी, मिड सोलु हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर आठ दशमलव ९४, सामलिङ पावर कम्पनी छ दशमलव ४९, एक्सेल डेभलपमेन्ट बैंक पाँच दशमलव ९७ र एनआइसी एसिया फ्लेक्सी फन्डका लगानीकर्ताले पाँच दशमलव ९१ प्रतिशतले गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *