अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत
काठमाडौं। अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत हासिल गरेको छ। निर्वाचनको मत परिणाम आउनेक्रममा सय सिटको सिनेटमा रिपब्लिकनका ५१ सिनेटर विजयी भएका हुन्।
त्यस्तै डेमोक्रेटले अहिलेसम्म ४२ सिट जितेकाे छ। अहिलेसम्म रिपब्लिकनले डेमोक्रेटले अघिल्लो निर्वाचनमा जितेका २ सिटमा विजयी हुँदै सिनेटमा बहुमत हासिल गरेकाे हाे।
रिपब्लिकन पार्टीले अघिल्लो चुनावमा डेमोक्रेटले जितेका वेस्ट भर्जिनिया र ओहाओमा जित हासिल गरेकाे हाे।
अघिल्लो चुनावमा दुवै दलले ४९-४९ सिट जितेका थिए।
त्यसैगरी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभमा भने रिपब्लिकनले अहिलेसम्म १८३ र डेमोक्रेटले १५५ सिट जितेका छन्। ५३५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २१८ सिट आवश्यक पर्दछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment