नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा

डिसी नेपाल
२२ कार्तिक २०८१ ९:५९
324
Shares

काठमाडौं। नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था गरेको छ। यस व्यवस्थाअन्तर्गत ४ वटा वा सोभन्दा बढी टीभी जडान गर्न सकिने टेलिकमले जनाएको छ।

मल्टिपल टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने पनि टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार ४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकहरुले प्रतिसेट टप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन्। ११ वटाभन्दा बढी टीभी जडान गर्ने ग्राहकहरुले प्रतिसेट टप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन्।

यस सेवासम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *