तोलामा ४ हजारले घट्यो सुनको मूल्य
काठमाडौं। आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको छ।
यसअघि बुधबार सुन तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment