नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अंकले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ०८ अंकले ओरालो लागेर चार सय ८३ दशमलव ६९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
आजको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर रु सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ। नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स नौ दशमलव ९९, समृद्धि फाइनान्स नौ दशमलव ९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्यमा नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।
आजको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ। समाज लघुवित्त चार दशमलव ९३ प्रतिशत, एनएलजी इन्सुरेन्स चार दशमलव ०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment