‘विकासको बाधक राजनीतिक अस्थिरता’

डिसी नेपाल
२८ कार्तिक २०८१ २२:२८
24
Shares

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विकासको बाधक राजनीतिकता अस्थिरता रहेको बताएका छन्।

ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता भएमात्र मुलुक निर्माणमा अगाडि बढ्न सकिने बताए।

उनले दुरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्वले मात्र मुलुक बन्ने धारणा राखे। उनले भने, ‘देश बनाउने हो भने राष्ट्रसँग जनतालाई जोड्नुपर्दछ। जबसम्म हामीले राष्ट्रसँग जोड्न सक्दैनौँ तबसम्म देश बन्न सक्दैन।’

उनले विसं २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन बहुमत ल्याउने दाबी गरे। महासचिव पोखरेलले युवाको भविष्य एमाले नेतृत्वमा सुरक्षित छ भन्ने उद्देश्यले युवाको शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराए।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सुजिता शाक्य, पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य माधव ढुङ्गेल, किशोरविक्रम मल्ल लगायतको सहभागिता थियो। कमिटीका अध्यक्ष रामजी सापकोटाले भोलि बिहीबारसम्म चल्ने अधिवशेनले नयाँ नेतृत्व चयन गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *