सुशान्त कार्की गरिमा शर्मा अभिनित ‘आधा मुटु’ सार्वजनिक

डिसी नेपाल
२९ कार्तिक २०८१ १८:१८
28
Shares

काठमाडौं। अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक गरिएको छ। मर्मस्पर्शी गीतले एक जोडीको प्रेम, विवाह र डिभोर्सको कथा समेटेको छ।

शान्तिश्री परियार र नेत्र भण्डारीको स्वर रहेको आधुनिक फ्लेवरको गीतमा रमेश परियारको शब्द रचना तथा गायक भण्डारीको संगीत छ। रिजन नेपालको युट्युब च्यानलकाट सार्वजनिक भएको गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका हुन्।

म्युजिक फिल्म शैलीमा निर्माण भएको गीतको भिडियोमा जेरी भण्डारीको निर्देशन, कथा र पटकथा रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा सुजन कोइरालाको भिइ, सिजी, जीएफएक्स र भिएफएक्स रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *