रौतहटको ईशनाथका वडा अध्यक्ष ब्यासको निधन
रौतहट। भारतीय सिमामासँग जोडिएको रौतहटको दक्षिणी भेगस्थित इशनाथ नगरपालिकाका एकजना वडा अध्यक्षको निधन भएको छ।
ईशनाथ १ बन्जरहा गाउँबाट दोश्रो पटक निर्वाचित भएका वडा अध्यक्ष बिगु साह ( ब्यास) को निधन भएको हो ।
उनी लामो समय देखि मिर्गौलाको रोगबाट पीडित रहेको तथा उपचारको क्रममा विहीबार साँझ उनको निधन भएको पिडित परिवारले जनाएको छ।
मृतक वडा अध्यक्ष साह २०७९ सालको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment