पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद

डिसी नेपाल
३ मंसिर २०८१ १६:५३
56
Shares

काठमाडौं। पाकिस्तानले अकिब जावेदलाई ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको छ।

पाकिस्तान क्रिकेट बोर्डले जावेदलाई पुरुष ह्वाइट बल क्रिकेटको अन्तरिम प्रशिक्षक बनाएको हो। जावेदले आइसीसी च्याम्पियन्स ट्रफी २०२५ सम्म पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पद सम्हाल्ने बोर्डले जनाएको छ।

पाकिस्तानका पुर्व तिव्र गतिका बलर समेत रहेका जावेदले पुरुष टिमको राष्ट्रिय छनोट समितिको सिनियर सदस्यको रुपमा समेत काम गरिरहने भएका छन्।

यस अघि ह्वाइट बल क्रिकेटका प्रशिक्षक रहेका दक्षिण अफ्रिकाका ग्यारी किर्स्टेनले राजीनामा दिएपछि यो पद खाली थियो।

फेब्रुअरीको १९ देखि मार्च ९ सम्म हुने च्याम्पियन्स ट्रफी अघि पाकिस्तानले जिम्बाबे, दक्षिण अफ्रिका र न्यूजील्याण्डसँग विभिन्न सिरिज खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *