‘तेल भिसा’को अग्रीम बुकिङ खुला
काठमाडाैं। मंसिर ७ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ। शंकर घिमिरेले १२ पछि निर्देशनमा कमव्याक गरेको सिनेमाले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो पाएको हो। सिनेमाको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ।
देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा २५ शो अनि मोफसलमा २५ शो उपलब्ध गराएको छ। यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो, वान सिनेमाजले ७ शो, एफक्युबले ६ शो, बिग मूभिजले ४ शो, बिएसआर मूभिजले ३ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले ३ शो, सिने डी सेफले ४ शो र कृर्तिपुर सिनेप्लेक्सले १ शो उपलब्ध गराएका छन्।
सिनेमाले देशभरका सिनेमा घरमा डेढ सय हाराहारीमा शो पाएको देखिन्छ। यो नेपाली सिनेमाका लागि उपलब्ध राम्रो शो हो। यी मात्रै शोमा दर्शकको अकुपेन्सी आक्रामक देखिएपछि १ करोड बढि ओपनिङ हुने गर्छ । त्यसपछि सिनेमाले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाएको खण्डमा शो बढ्दै जाने हलसञ्चालक र वितरकको भनाइ छ। अझै केही हलरुमा अग्रीम टिकट बुकिङ खुल्ने क्रम जारी छ।
शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ। सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ।








डिसी नेपाल






Facebook Comment