यस्तो देखियो एमाले जागरण सभा (तस्बिरहरू)
काठमाडौं । नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ।
काठमाडौं, भक्तपुर, ललितपुरको संयुक्त आयोजनामा एमालेले जागरण सभा गरेको हो। कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीचको सत्ता सहकार्य २०८४ सम्मै जाने बताएका छन्।
‘कान खोलेर सुने हुन्छ, सबै कुरा बुझे हुन्छ। २०८४ सम्म गठबन्धन कायमै रहन्छ। २०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु। अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौं,’ उनले भने।
यस्तै उनले मंसिर १७ गते आफू नेतृत्वको टोली चीन भ्रमणमा निस्किने र त्यसलाई अन्त्यन्तै सफल तुल्याउने बताएका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment