कर्णालीको विकासका लागि सबै क्षेत्रसँगको सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल

डिसी नेपाल
८ मंसिर २०८१ १२:०१
16
Shares

जुम्ला । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज बिहान जुम्ला सदरमुकाम खलंगामा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकासका लागि तीनै तहका सरकारसँगसम्पन्न भएको छ।

त्यस अवसरमा प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य भएको बताए।

कर्णाली प्रदेशका दशवटै जिल्लाको समृद्धिको परिकल्पना पूरा गर्न एकीकृत योजना र सहकार्यको आवश्यकतामा जोड दिँदै उनले भने, “जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधारबीच समन्वय जरुरी छ । हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्छ।”

दिगो विकासका लागि समुदायको सक्रिय सहभागिता र सर्वपक्षीय छलफलले मात्र प्रभावकारी परिणाम दिने मुख्यमन्त्रीले बताए।

कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्लाको समृद्धिका लागि राजनीतिक पूर्वाग्रहलाई पन्छाएर सहकार्यमा जुट्नुपर्नेमा जोड दिए। सङ्घीय सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले जुम्लाको स्वास्थ्य, शिक्षा, यातायात र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

बजेट विनियोजनमा समानुपातिकता कायम गर्न र योजनाहरूको कार्यान्वयनमा स्थानीय जनतालाई प्रत्यक्ष रूपमा समेट्ने गरी प्रदेश सरकारले काम गर्न जरुरी भएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

छलफलमा यहाँका आठवटै स्थानीय तहका प्रमुखहरू, प्रदेशसभा सदस्य, सङ्घीय र प्रदेश मातहतका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *