प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

डिसी नेपाल
९ मंसिर २०८१ १६:२२
284
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन्। अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आजै राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए।

संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम भोलिदेखि लागु हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल सरकारका पूर्वसचिव समेत रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए।

गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो।

तर, जिम्मेदवारी सम्हालेको पाँच महिनामा नै उनले स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी नै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *