विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य

डिसी नेपाल
१२ मंसिर २०८१ ११:२२
3.2k
Shares

काठमाडौं। बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले यही वर्ष जुनमा आफ्ना लामो समयदेखिका प्रेमी जहीर इकबालसँग विवाह गरेकी थिइन्। सोनाक्षी र जहीरको विवाहको तस्बिर भाइरल भएपनि यो विवाहलाई लिएर उनीहरुलाई धेरै ट्रोलिङको सामना गर्नुपरेको थियो।

धेरैले सोनाक्षी र जहीरको विवाहको विरोध गरे किनभने उनीहरु फरक धर्मका थिए तर उनीहरु दुबैमा त्यसको कुनै असर भने परेन। सोनाक्षी विवाहपछि निकै खुसी छिन् र हालै उनी पति जहीर र पिता शत्रुघ्न सिन्हासँग ‘द ग्रेट इन्डियन कमेडी’ शोमा देखिएकी थिइन्।

सोनाक्षीसँगै उनका बुबा शत्रुघ्न र आमा पुनम सिन्हा पनि कपिलको शोमा सहभागी भएकी थिइन्। साथै श्रीमान् जहीर इकबाल पनि यस शोको हिस्सा बनेका छन्। सम्पूर्ण परिवारको उपस्थितिका कारण कार्यक्रममा निकै रमाइलो र उत्साह थियो। यसै क्रममा दबंग गर्ल भनेर चिनिने सोनाक्षी सिन्हाले पनि एउटा रोचक खुलासा गरेकी छिन्।

सोनाक्षीले आफ्ना बुवा शत्रुघ्न सिन्हालाई तपाई आफ्नो ज्वाइँलाई राम्ररी नचिनेको बताइन्। उनी भन्छिन्, ‘यदि कसैले छोरीलाई चुप लगाउन सक्छ भने त्यो मात्र हो।’
यसको जवाफमा जहीर मुस्कुराउँदै भन्छन्, ‘यो झूट हो।

नजिकै बसेका शत्रुघ्नले ठट्टा गर्दै भन्छन्, ‘त्यसो भए छोरी सहि ठाउँमा गइन्।’ यसपछि सिन्हा परिवारका सबैजना कपिल शर्मासँगै हाँस्न थाल्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *