विजय बरालले सुरु गरे ‘लाज शरणम्’को दोश्रो सेड्यूलको छायांकन
काठमाडाैं। पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले ‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन्। मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन्।
दशैं अघि डोल्पा सुटिङ सकेको सिनेमाले काठमाडौं तालिका केही दिन अगाडिबाट सुरु गरेको हो। हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएलको जानकारी निर्माणपक्षले दिएको छ। सिनेमाको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो। बिजयको यो ‘पूर्ण बहादुर सारङ्गी’को रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ।
सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ। सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन्।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment