तमिलनाडुमा भारी वर्षाको डरले चेन्नई र आसपासका जिल्लामा विद्यालय बन्द

डिसी नेपाल
१२ मंसिर २०८१ १३:५८
152
Shares

काठमाडौं । तमिलनाडुमा भारी वर्षाको सम्भावनाका कारण धेरै जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ। प्रशासनले चेन्नई र वरपरका जिल्लाहरूमा विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।

भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी बन्ने सम्भावना रहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार बुधबार यो चाप उत्तरपश्चिमतर्फ सर्नेछ र चक्रवातको रूप लिन सक्छ।

मौसम विभागका अनुसार तमिलनाडु र आसपासमा बिहीबारसम्म वर्षा जारी रहनेछ। अहिले चेन्नईमा लगातार पानी परिरहेको छ ।

बीबीसी तमिलका अनुसार प्रशासनले माछा मार्नेहरूलाई समुद्रमा जान प्रतिबन्ध लगाएको छ। कम्तीमा दुई जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ।

आगामी शुक्रबारसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *