प्रधानसेनापतिद्वारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान

डिसी नेपाल
१४ मंसिर २०८१ १४:४६
324
Shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

मन्त्री परिषद्को निर्णय बमोजिम मंसिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका केसीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतका साथै परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *