बुद्धि अधिकारी र शान्तिश्रीको ‘जेजे माग्छौं माग’ गीत युट्युव ट्रेन्डिङमा

डिसी नेपाल
१४ मंसिर २०८१ १६:४२
312
Shares

काठमाडौं । विगत लामो समयदेखि क्यानडामा बस्दै आएका गायक बुद्धि अधिकारीले नयाँ गीत जेजे माग्छौं माग सार्वजनिक गरेको केही दिनमै युट्युव ट्रेन्डिङको १८औं स्थानमा उक्लिन सफल भएको छ। गीतमा बुद्धिसँगै शान्तिश्री परियारको स्वर छ। गीतमा लय, शब्द राजकुमार बगरको छ भने संगीत संयोजक केशब बडुले गरेका छन्।

गीतको भिडिओ गायक बुद्धिले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन्। भिडियोमा मोडल सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभिनय छ। रेशम धर्नालीले खिचेको भिडियो अमृत चापागाईंले सम्पादन गरेका हुन्। भिडियोमा मुकेश नेपालीको कोरियोग्राफी रहेको छ।

गायक बुद्धि गीतको रेकर्ड क्यानडामै गरिएको जानकारी दिए। ‘यो गीतको मेरो पार्ट मैले यतै क्यानडामै गरेको हुँ। अन्य अडियो र भिडियोको काम नेपालमै भएको हो,’ उनले भने, ‘परदेशमा रहे पनि इच्छा र प्रतिभा भएमा गीत रेकर्ड बाहिर पनि गर्न सकिन्छ भन्ने सन्देश दिन चाहान्छु।’

गायक बुद्धिले अहिलेको पुस्ता विशेषगरी देश बाहिर धेरै रहेको र नेपाली गीतसंगीत त्यो पनि मौलिक गीतप्रतिको रुची घट्दै गएकोले युवापुस्ताको ध्यान यस किसिमका गीतमा जावस् भन्ने सन्देश दिन खोजेको बताए।

बुद्धि नेपाली गीतसंगीतमा लामो समयदेखि सक्रिए छन्। सिडी, क्यासेटको समयमा पशुपति क्यासेट सेन्टर सञ्चलन गरेका बुद्धिले पछिल्लो समय गीत गायनमा सक्रिएता देखाएका छन्। उनले लोकपप् गीत हुँदै दर्पण छायाँ, घाम पानी, दाउरीसँगै पाँच वटा गीतमा स्वर दिइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *