रौतहटमा नदीमा डुबेर दुई युवकको मृत्यु
रौतहट। रौतहटको गरुडा नगरपालिका दुई युवकको नदीमा नुहाउन क्रममा डुबेर मृत्यु भएको छ।
रौतहटको गरुडा नगरपालिका-२ गेडहीगुठिस्थित लमाहा खोलामा नुहाउने क्रममा सोही स्थान निवासी १८ वर्षीय जितेन्द्र साह र अर्का १८ वर्षीय राजीव साहको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
नुहाउने क्रममा बेपता भएका उनीहरूको उद्धारमा सुरक्षा बेस दुधियाभारबाट शसस्त्र प्रहरीको टोली खटेको थियो। दुवै जनालाई अचेत अवस्थामा पानीबाट उद्धार गरी एम्बुलेन्समा राखी स्थानीय अस्पताल गरुडामा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment