झापाको चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ

डिसी नेपाल
१५ मंसिर २०८१ १०:२९

झापा । झापामा विस्फोटक पदार्थ राखेरको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज माझी छन्।

राजकुमारलाई उर्लाबारी नगरपालिका–७ र धिरजलाई पथरी शनिश्चरे नगरपालिका–१ जाँते रोडबाट पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।

बुधबार पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत झापामा शुक्रबार विस्फोटक पदार्थ सम्बन्धी कसुरमा तीन दिन थुनामा राख्ने अनुमति लिइएको छ।

गत भदौ २८ गते विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित शमशेर एन्ड गंगादेवी टी–स्टेट प्रालिको पश्चिम पर्खालनजिकै विस्फोटक पदार्थ फेला परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *