तारकेश्वरमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरी वृत्त बालाजुका अनुसार शान्ति टोल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment