एक किलो अवैध एक सुनसहित विमानस्थलबाट एक जना पक्राउ

डिसी नेपाल
१५ मंसिर २०८१ १६:२१
256
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ।

एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेका हुन्।

भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासन दिएपछि ल्यायाएको उनले प्रारम्भिक बयान दिएका छन्। सुवेदीलाई गौशाला प्रहरीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *