टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१६ मंसिर २०८१ १४:३५
168
Shares

काठमाडौं।  काठमाडौं महानगरपालिका-३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका-१४ मुरलीबगैंचा घर भई काठमाडौंको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनले भने, “जडीबुटीस्थित सडकमा रोकी राखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३-०२-००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गएराति निज मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।”

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *