कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन
काठमाडौं। नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा दश सदस्य मनोनयन गरेको छ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको उक्त विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका हुन्।
मनोनयन गरिएकामा गणेश चन्द (सल्यान), मधुसुदन पाण्डेय (काठमाडौं), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम), सिर्जना सिंह श्रेष्ठ (काठमाडौं), रेखा प्रसाई (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment