चितवनमा मन्दिर खन्ने क्रममा दुईवटा बम फेला
सांकेतिक तस्बिर
चितवन। पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ। कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन्। ती बम डिस्पोज (निस्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उनले बताए। सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment