प्रधानमन्त्रीबाट चिनियाँ कम्युनिस्ट पार्टीको संग्रहालयको अवलोकन

डिसी नेपाल
१९ मंसिर २०८१ २१:५३
56
Shares

बेइजिङ (चीन)। चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालयको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो संग्रहालयको अवलोकन गरे। चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे संग्रहालयमा सामग्री हेर्न सकिनेछ।

प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फर्कँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *