एनपीएलमा सट्टेबाजी गराउने थप तीन जना पक्राउ

डिसी नेपाल
२० मंसिर २०८१ १२:५३
140
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

यसअघि सट्टेबाजी गराउने चार जनालाई पक्राउ गरिएकोमा आज थप तीन जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए।

यसअघि पक्राउ पर्नेमा भारत कलकत्ता घर भएका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुर घर भएका अमित यादव, बिहार घर भएका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *