अलेप्पोपछि विद्रोहीले सिरियाको अर्को सहर पनि कब्जा गरे

डिसी नेपाल
२१ मंसिर २०८१ १५:१८
240
Shares

काठमाडौं । सिरियाली विद्रोही समूहले सेना फिर्ता गरेपछि हामा सहरलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) का नेता अबु मोहम्मद अल-जवलानीले हामामा विजय घोषणा गरेका छन्।

उनले सहरमा ‘कसैबाट बदला नलिने’ बताएका छन् ।

यसअघि विद्रोही र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए। त्यसपछि उनले भीषण झगडाका बीच कैदीहरूलाई रिहा गरे।

एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा १० लाख मानिस बस्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *