सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

डिसी नेपाल
२१ मंसिर २०८१ १८:२६
252
Shares

काठमाडौं। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा घर भएका कृष्ण गुरुङ रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो। कतार जान लाग्दा अध्यागमनले रोकेपछि हाम्रो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *