मोहन्याल गाउँपालिकामा वडाध्यक्ष गिरीको निधन

डिसी नेपाल
२२ मंसिर २०८१ १०:०४
732
Shares

धनगढी । मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’को निधन भएको छ।

शुक्रबार साँझ बर्दगोरियास्थित दोदोधरा अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको गाउँपालिका उपाध्यक्ष कमल बहादुर साउदले जानकारी दिए।

मुखको क्यान्सरबाट पीडित ३६ वर्षीय गिरीले लामो नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए।

उनी एउटै वडामा दुई पटक निर्वाचित भएका थिए। २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गिरी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। गिरी कांग्रेस जिल्ला सदस्य पनि हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *