लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

डिसी नेपाल
२२ मंसिर २०८१ १२:३५
400
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले तेस्रो जित निकालेको हो।

सुदूरपश्चिमले १८८ रनको लक्ष्य दिएकोमा लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमा समेटियोको थियो।

सुदूरपश्चिमका लागि ओपनर सेफ अलि जेबले सर्वाधिक ९० रनको योगदान दिएका थिए। कप्तान दीपेन्द्रसिंह ऐरीले नट आउट ३९, ब्रेन्डन मक्मेलनले २३ र विनोद भन्डारीले १७ रन जोडेका थिए।

लुम्बिनीका लागि रेमन सिमोण्डले दुई तथा रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *