अष्ट्रेलियाले दोस्रो टेष्टमा भारतलाई १० विकेटले हरायो, शृंखला १-१ को बराबरी
काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको छ । योसँगै शृङ्खला एक–एकको बराबरीमा पुगेको छ ।
एडिलेडमा खेलिएको यस खेलमा अष्ट्रेलियालाई दोस्रो इनिङ्समा १९ रनको लक्ष्य दिएको थियो, जुन अस्ट्रेलिया टोलीले सहजै हासिल गरेको थियो ।
टस जितेर ब्याटिङ रोजेको भारतीय टोलीले पहिलो इनिङ्समा १८० रन बनाएको थियो, जसको जवाफमा अस्ट्रेलियाले ३३७ रन बनाएको थियो।
अष्ट्रेलियाका लागि ट्राभिस हेडले शतक खेल्दै १४० रन बनाएका थिए जसका कारण आयोजक टोली बलियो स्थितिमा पुगेको थियो ।
दोस्रो इनिङ्स खेल्न आएको भारतीय टोलीको ब्याटिङ निराशाजनक रह्यो । पाहुना टोलीले दोस्रो इनिङ्समा १७५ रन बनाएर अस्ट्रेलियालाई १९ रनको लक्ष्य दिएको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment