एनपिएलः चितवनले सुदूरपश्चिमलाई दियो एक सय ६५ रनको लक्ष्य
काठमाडौं। जारी नेपाल प्रिमियर लिग(एनपिएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई एक सय ६५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो। चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए। यस्तै रवि बोपारा ३६ रन बनाउँदा बिपिन रावलले १७ तथा कप्तान कुशल मल्लले १३ रन बनाए।
सुदुरपश्चिमका स्कट कुगेलिनले २ तथा ब्रान्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी र सेफ जैबले समान एक एक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment