अवैध सुनसहित साँगाबाट दुई जना जना पक्राउ

डिसी नेपाल
२४ मंसिर २०८१ १३:५३
192
Shares

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

५ सय ५८ ग्राम सुनसहित प्रहरीले रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *