रवि लामिछानेलाई उच्च रक्तचाप

डिसी नेपाल
२४ मंसिर २०८१ १९:२६
1.3k
Shares

वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य जाँचका क्रममा रक्तचाप उच्च देखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गर्दा रक्तचाप उच्च देखिएको प्रहरीले जनाएको छ।

वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार उनलाई पोखराबाट काठमाडौं हुँदै पर्सा पुर्‍याइएको छ।

वीरगञ्जको नारायणी अस्पतालका स्वस्थ्यकर्मीले प्रहरी कार्यालयमै पुगेर लामिछानेको स्वास्थ्य जाँच गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *