रविलाई मानसिक तनाव दिएको भन्दै सरकारमाथि खनिए कांग्रेस सांसद शर्मा

डिसी नेपाल
२५ मंसिर २०८१ १३:४५
396
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद डा. सुनिल कुमार शर्माले रवि लामिछानेमाथि अनुसन्धानको नाममा धरपकड गर्ने, विरामी हुँदापनि अस्पतालमा जान नदिने, उपचार पाउनुपर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने र दुव्र्यवहार गरी मानवअधिकारको उल्लंख गर्ने काम भएको भन्दै निन्दा गरेका छन्।

उनले गृहमन्त्री रमेश लेखकको भूमिकाको पनि आलोचना गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्:

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखी अनुसन्धान भई रहेको सन्दर्भमा मेरो ध्यानाकर्षण भएको छ।

कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, विरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लंघन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक छन्।

नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछु।

अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सवैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको श्रृङ्खलाले सवैलाई शशंकित पारेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *