डोनाल्ड ट्रम्पले जस्टिन ट्रुडोलाई ‘ग्रेट स्टेट अफ क्यानडाको गभर्नर’ किन भने ?

डिसी नेपाल
२५ मंसिर २०८१ १४:०६
448
Shares

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘क्यानाडाका गभर्नर’ भनेर सम्बोधन गरेका छन् ।

ट्रुथ सोशलमा पोष्ट गर्दै ट्रम्पले लेखेका छन्, “द ग्रेट स्टेट अफ क्यानडाका गभर्नर जस्टिन ट्रुडोसँग अर्को रात डिनर गर्न पाउँदा खुसी लाग्यो।”

“म गभर्नरसँग फेरि भेट्न तत्पर छु ताकि हामी ट्यारिफ र व्यापारको बारेमा थप कुरा गर्न सक्छौं। नतिजा सबैका लागि राम्रो हुनेछ,” उनले लेखे।

केही दिनअघि डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अचानक फ्लोरिडा पुगेका थिए । दुवै नेताले सँगै डिनर गरेका थिए, ट्रम्पले आज आफ्नो पोस्टमा यो डिनर उल्लेख गरेका छन् ।

ट्रुडोको अमेरिका भ्रमण पहिल्यै तय गरिएको थिएन। क्यानडामा कर लगाउने विषयमा ट्रम्पको वक्तव्यपछि उनको भ्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा भारी कर लगाउने बताएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *