पटकथा सङ्ग्रहालयका लागि बोर्डलाई प्राप्त भए ‘७२ पटकथा’

डिसी नेपाल
२५ मंसिर २०८१ २२:५५
20
Shares

काठमाडौं। चलचित्र विकास बोर्डले सुरुआत गरेको पटकथा सङ्ग्रहालयमा चलचित्रमार्फत उत्साहक रुपमा पटकथाहरू प्राप्त भइरहेको जनाएको छ। बोर्डका अध्यक्ष दिनेश डिसीले ‘कबड्डी ४’, ‘बोक्सीको घर’, ‘छक्कापञ्जा ५’, ‘अन्तराल’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’ र ‘नाङ्गो गाउँ’ लगायतका ७२ चलचित्रको पटकथा प्राप्त भएको जानकारी दिए।

‘नेपाली फिल्मको पटकथालाई अभिलेखको रुपमा राख्ने तयारीअनुसार हामीले सङ्कलन गरिरहेका छौँ। केही समयपछि यहाँ आएर सर्वाधिक सफल भएका वा राम्रो हुँदाहुँदै पनि दर्शकको साथ नपाएका चलचित्रको पटकथालाई नव चलचित्रकर्मीले पढ्न पाउनुहुनेछ। यो उहाँहरूको लागि प्रारम्भिक ज्ञानको रुपमा उपयोगी हुनेछ’, अध्यक्ष डिसीले भने।

उनले पटकथा सङ्ग्रहालयले नयाँ पुस्तालाई घरेलु चलचित्रको इतिहास बुझ्न सजिलो बनाउने विश्वास व्यक्त गरे। ‘हामीले अहिले बोर्डलाई लयमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छौँ। यहाँको बेथिति र ढिलासुस्तीलाई हटाउँदै काम गरिरहेकाले नेपाली चलचित्रकर्मीलाई लाभ दिनेछ। नयाँ चलचित्र ऐन, रियल टाइमबक्स अफिसमा डाटा प्राप्त हुनेलगायतका काम यही वर्षको अन्त्यसम्म गर्ने हाम्रो उद्देश्य छ’, अध्यक्ष डिसीले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *