माओवादी स्थायी समिति बैठक स्थगित

डिसी नेपाल
२७ मंसिर २०८१ १३:४१
196
Shares

काठमाडाैं। आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित गरिएको छ।

यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो।

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताका कारण स्थायी समिति बैठक भोलि शुक्रबारका लागि सारिएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *