एमाले पार्टी कार्यालय बनाउन दिएको जग्गा विरुद्धको रिटमा सुनुवाइ जारी
काठमाडौं। भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ जारी छ । न्यायाधीशद्धय अब्दुल अजीम मुसलमान र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो।
यस अघि गत आइतबार सो रिट सुनुवाइका लागि न्यायाधीशद्धय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको थियो। तर, समय अभावका कारण हेर्न नभ्याईनेमा परेको थियो।
अधिवक्ता ज्ञानकुमार बस्नेतले एमालेले लिएको दानविरुद्ध सर्वोच्चमा रिट हालेका थिए। यसअघि बस्नेताले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले उक्त दान प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश गरेको थियो। अन्तरिम आदेश जारी हुने कि नहुने भनेर संयुक्त इजलासमा छलफल हुने भनिएको थियो।
गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment